सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको हुम्ला जिल्लाको सिमकोट स्थित आफ्नो शाखा कार्यालयको प्रथम वार्षिकोत्सवको शुभ अवसरमा बैंकले हुम्लाका जनताको स्वास्थ्यलाई ध्यानमा राखी आफ्नो सामाजिक उत्तरदायित्व अन्तरर्गत निःशुल्क स्वास्थ्य शिविर ९ज्भबतिज ऋबmउ० कार्यक्रमको आयोजना गरेको छ । उक्त स्वास्थ्य शिविर कार्यक्रममा दम, निमोनिया, टाईफाइड, डाइरिया जस्ता रोगहरुबाट पिडित करिब ६०० जना स्थानिय बासिन्दाहरुले आफ्नो स्वास्थ्य परिक्षण गरेका थिए । उक्त कार्यक्रममा १७ जना स्वास्थ्यकर्मी एवम् स्वयंसेवकहरु परिचालित थिए । यो कार्यक्रम लोमस फर्मास्युटिकल्स प्रा.लि. र चित्त मेडिकल, समिकोटको सहकार्यमा आयोजित गरिएको थियो । गत वर्ष पनि बैंकले उक्त शाखाको उद्घाटन समारोहमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको थियो जस कार्यक्रममा करिव ५०० जना बासिन्दाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । बैंकले नेपालको शिक्षा जगतमा टेवा पु¥याउने उद्देश्यले भेरी अञ्चल, बर्दिया जिल्ला गुलरिया स्थित श्री मदरसा असरफिला उलुम प्रा. विद्यालय र ललितपुर जिल्ला धोविघाट स्थित संचेतना प्राथमिक विद्यालयलाई सामाजिक उत्तरदायित्व अन्तरगत भौतिक सहयोग स्वरुप १–१ थान कम्प्यूटर वितरण गरेको छ । गत वर्ष झैं यस वर्ष पनि बैंकले उपलब्ध गरेको उक्त सहयोगले श्री मदरसा असरफिला उलुम प्रा. विद्यालयमा अध्ययनरत्त मुस्लिम समुदायका बालबालिकाहरु र संचेतना प्राथमिक विद्यालयलाई प्रदान गरेको सहयोगले अपाङ्ग बालबालिकाहरुको कम्प्यूटर सम्बन्धी ज्ञानको विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले शिक्षा, स्वास्थ्य तथा खेलकुद जस्ता क्षेत्रहरुमा प्रत्येक वर्ष सहयोग पु¥याउँदै आएको तथा भविष्यमा पनि बैंकले यस्तै सहयोग पु¥याउने छ ।