“योर पार्टनर फोर प्रोग्रेस” भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मिति २०७५ साल जेठ १४ गते रामेछाप जिल्लाको त्रिवेणि मुगीटारमा अवस्थित नर्वदेश्वर महादेव त्रिवेणि गुठि संरक्षण समितिलाई रू १,५०,००० आर्थिक सहयोग उपलब्ध गराएको छ । । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ ।
रामेछाप जिल्लाको त्रिवेणि मुगीटारमा अवस्थित नर्वदेश्वर महादेव मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री राजन सिंह भण्डारीको समुपस्थितिमा समितिका सदस्य श्री भुवन हरि प्रसाईलाई रू एक लाख पचास हजारको चेक बैंकका प्रमुख प्रशासकीय अधिकृत श्रीमती उमंग शर्माद्वारा हस्तान्तरण गरियो । समितिका सदस्य श्री भुवन हरि प्रसाईले उक्त रकम मन्दिर अगाडिको प्राङ्गणमा ढुंगा बिछ्याउने कार्यमा प्रयोग हुने कुरा जानकारी गराउनु भयो । कार्यक्रमलाई सँबोेधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराउनु भयो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ६९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकवर्गलाइ आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु , रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।