सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेशनल किड्नी सेन्टर सँगको सहकार्यमा आफ्ना कर्मचारीहरुको स्वास्थ्यका लागि मृगौला परिक्षण आयोजना ग¥यो । उक्त कार्यक्रममा बैंकका १५० जना कर्मचारीहरुले आफ्नो मृगौला परिक्षण गराएका थिए ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले शिक्षा, स्वास्थ्य, खेलकुद, जस्ता क्षेत्रहरुमा प्रत्येक वर्ष सहयोग पु¥याउदै आएको तथा भविष्यमा पनि बैंकले यस्तै सहयोग पु¥याउने छ ।
काठमाण्डौ उपत्यका भित्रका १५ वटा शाखा कार्यालय तथा उपत्यका बाहिरका १८वटा शाखा कार्यालयहरुबाट आफ्नो ग्राहकवर्गहरुलाई अत्याधुनिक बैँकिङ्ग सेवा प्रदान गर्दै आएको यस बैंकले ग्राहकहरुलाई बचत तथा ऋण सेवा लगायत भिसा ए.टि.एम. सेवा, रमिट्यान्स सेवा, ड्राफट, टि.टि., लकर सुविधा, सन्ध्याकालिन काउन्टर, ३६५ दिने बैकिङ्ग सेवा, नेपाल टलिकमको पी.एस.टी.एन., ए.डि.एस.एल., पोष्टपेड तथा प्रिपेड मोबाइलको विल भुक्तानी सेवा तथा कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधा पनि प्रदान गरिरहेको छ ।
२०६८ पौष मसान्तमा बैंकको कुल निक्षेप रु.१५ अर्व ५८ करोड, कुल कर्जा सापट रु.१२ अर्व ६१ करोड, संचालन मुनाफा रु. १२ करोड २० लाख र खुद मुनाफा रु. ७ करोड २२ लाख रहेको छ । यसैगरी बैंकको पूजीकोषको अनुपात १६.४७५ र कर्जा÷निक्षेप अनुपात ७१.७०५ रहेको छ