July 31, 2022
सिटिजन्स बैंक र एपोलो डाइग्नोेस्टिक केन्द्र बीच समझदारी
प्रेस विज्ञप्ती
मिति२०७९।०४।१५
सिटिजन्स बैंक र एपोलो डाइग्नोेस्टिक केन्द्र बीच समझदारी
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रधुम्बाराहीकाठमाडौंस्थित“क”वर्गको एपोलो डाइग्नोेस्टिककेन्द्र बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एपोलो डाइग्नोेस्टिककेन्द्रकाविभिन्न स्वास्थ्य सम्बन्धिजाँच र हेल्थप्याकेजहरुमा १५% सम्मकोआकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वितहुनेसाथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फउत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
बैंकले डिजिटल बैंकिङ्गमाध्यमहरुको प्रयोगलाई बढाउनर ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानीगर्न प्रोत्साहनगर्न समय समयमाग्राहकमैत्रीसुविधाहरु सञ्चालनमाल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धीविस्तृतविवरणहरूसिटिजन्स बैंकको वेबसाइटमा प्राप्तगर्न सकिनेछ।
आफ्नाआदरणीय ग्राहकमहानुभावहरुको वित्तीयआवश्यकताहरु सुरक्षिततवरले प्रदानगर्नेअभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क (Kiosk),ई.के.वाई.सी.(E-KYC) तथानागरिक एपमार्फत अनलाइनखाताखोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ।साथसाथै, यस बैंककाग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधानप्राप्तहोस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्र (Customer Support Centre) को समेत स्थापनागरिसकेको छ । जसबाट बैंककाग्राहक सेवाप्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधानशाखामाउपस्थितनभईकन 01-5970068 नम्बरमाफोन गरी तथा
support@ctznbank.com मा ईमेल गरी प्राप्तगर्न सक्नुहुनेछ । यस प्रकारको सेवाबाट बैंककाग्राहकहरुले सहज रुपमा सेवाप्राप्तगरि लाभान्वितहुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख७१ हजारग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
नारायण राजअधिकारी
प्रवक्ता
Download file for full story:
Download