प्रेस विज्ञप्ती
मिति २०७९।०२।२७
सिटिजन्स बैंक र मनकामना हस्पिटल प्रा.लि.बीचसमझदारी
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भरतपुर, चितवन स्थित मनकामना हस्पिटल प्रा.लि.बीचसिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुलेमनकामना हस्पिटलका विभिन्नसेवा सुविधाहरुमा १५% सम्मछुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वितहुने विश्वास बैंकले लिएको छ।
बैंकले हालसम्मकार्ड नभएकाआफ्नाग्राहकहरुलाईतत्कालैनयाँ कार्ड उपलब्ध गराउनसिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ । त्यसैगरि आफ्नाकार्डबाहकहरुको सुविधालाई ध्यानमा राखी नेपालभित्रकाजुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दाशुल्कनलाग्ने व्यवस्थापनि बैंकले विभीन्नवचतखातामा गरेको छ ।
आफ्नाआदरणीय ग्राहकमहानुभावहरुको वित्तीयआवश्यकताहरु सुरक्षिततवरले प्रदानगर्नेअभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क (Kiosk),ई.के.वाई.सी..(E-KYC) तथानागरिक एपमार्फत अनलाइनखाताखोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ।साथसाथै, यस बैंककाग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधानप्राप्तहोस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्र (Customer Support Centre) को समेत स्थापनागरिसकेको छ । जसबाट बैंककाग्राहक सेवाप्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधानशाखामाउपस्थितनभईकन 01-5970068 नम्बरमाफोन गरी तथा support@ctznbank.com मा ईमेल गरी प्राप्तगर्न सक्नुहुनेछ । यस प्रकारको सेवाबाट बैंककाग्राहकहरुले सहज रुपमा सेवाप्राप्तगरि लाभान्वितहुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
पारस कुमार काफ्ले
नायबप्रमुखकार्यकारी अधिकृत
Download file for full story:
Download