प्रेस विज्ञप्ती
मिति२०७६।०९।१७
सिटिजन्स बैंकद्घारा आफ्ना ATM मा Mastercard सेवा सुरुवात
सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले आफ्नो बैंकको ATM मा Mastercard सेवा सुरुवात गरेको छ । यो सेवाको सुरुवात सँगै Mastercard, Maestro तथा Cirrus ब्राण्डका कुनै पनि कार्ड यस बैंकको ATM मा चल्ने छन् । नेपाल भ्रमण बर्ष २०२० को सुरुवात सगै प्रारम्भ गरिएको यस सेवाबाट विशेष गरी नेपाल भ्रमण माआउने विदेशीपर्यटक र नेपालमा Mastercard ब्राण्डका कार्ड वाहकग्राहकहरु लाभान्भित हुने विश्वास बंैकले लिएको छ । बैंकले यस अघि नै Visa तथा Union Pay सँग सहकार्य गरी ती ब्राण्डका कार्ड मार्फत कारोबार गर्दै आइरहेको छ ।
“योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ८५ वटा शाखा, ८५ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव चार लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिमव्यवस्थापनएवमगुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादनगर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमाप्रादेशिककार्यालयहरुको स्थापनागरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्नकिसिमकानिक्षेप तथाकर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाताखोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनिउपलब्ध गराउँदै आएको छ ।
वोधराज देवकोटा
नायवप्रमुखकार्यकारी अधिकृत