April 20, 2022
सिटिजन्स बैंक १६औं वर्षमाप्रवेश, डिजिटल बैंकिङ्गलाई उच्चप्राथमिकता
प्रेस विज्ञप्ती
मिति २०७९।१।७
सिटिजन्स बैंक १६औं वर्षमाप्रवेश,
डिजिटल बैंकिङ्गलाई उच्चप्राथमिकता
१५औं बार्षिकोत्सवकार्यक्रमलाई सम्बोधनगर्दै बैंककाअध्यक्ष श्री राजन सिंह भण्डारीले भन्नुभयो हामीले संस्थागत सुशासनकोउच्चतम मापदण्डहरू कायम राख्दै आएका छौं र त्यसलाई निरन्तरतादिनेछौं भन्ने कुरा स्वीकार गर्न पाउँदामलाई असाध्यै खुशीलागेको छ। म ढुक्क हुन सक्छु कि हाम्रो व्यवस्थापनप्रक्रिया, संरचना र नीतिले हामा्र मुल्यमान्यताहरुलाई पछ्याउनअनुमति दिन्छ । हामीहाम्राआदरणीय ग्राहकहरूको सेवागर्नका निमित्तकाम गर्छौं, यसैले हामीहाम्रामूल्यमान्यताहरुलाई गम्भीर रूपमा लिन्छौं र सही कुरा गर्न प्रतिबद्ध छौं। यस सिद्धान्तप्रतिको हाम्रो समर्पण हाम्रो कम्पनीमाजनताको विश्वास कायम राख्ने कुञ्जीभएको छ, जुनहाम्रो दीर्घकालीन सफलताको अभिन्नअंगहो ।
मिति २०६४ बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापनाभएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १५ वर्ष पूरा गरी १६ वर्षमाप्रवेश गरेको छ ।यस १५वर्षको अवधिपार गरिसक्दा बैंकले करिव १३ लाख ५५हजार गा्रहकमहानुभावहरुलाई वितिय सेवाप्रदानगर्न सफलभएको छ । सातवटै प्रदेशमा फैलिएको १७४ वटा शाखामार्फत चालु आर्थिक बर्षको तेसो्र त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव रु १ खर्व ४६अर्व ६१ करोड रुपैयाँ रहेकोमाकर्जा तर्फ रु १ खर्व ३६अर्व ७२ करोड रुपैयाँ रहेको छ र यसै अवधिमाकरिव रु १अर्व ५८ करोड ९६लाखखुदमुनाफागर्न सफलभएको छ।
बैंकले १५औंबार्षिकोत्सवको अवसरमा बैशाख ७गते बिहानै सातवटै प्रदेशमाप्रभातफेरी कार्यक्रमआयोजना गरेको छ जसबाट जनमानसमावित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै संस्थागत सामाजिकउत्तरदायित्वकार्यक्रमअन्तर्गत बैंकलेू रक्त्तदान नै जिवनदान भन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्मभएपनि पूराहोस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाईटी संगको सहकार्यमा सातवटै प्रदेशकाकूल २३ स्थानबाटकरिब ४०० जना रक्तदाताको सहभागीतामा रक्तदानकार्यक्रमभव्य रूपमा सम्पन्न गरेको छ ।
यसै सिलसिलामाबैंकमानिरन्तर १५ वर्ष अनवरत सेवाप्रदान गरेका १५ जनाकर्मचारीहरु तथा १० वर्ष अनवरत सेवाप्रदान गरेका ३६ जनाकर्मचारीहरुलाई ‘दीर्घ सेवा सम्मानपदक’वितरण गरिएको छ।
यसै त्रममाबैंककाप्रमुखकार्यकारी अधिकृत श्री गणेशराजपोखरेले भन्नुभयो मिशन टप टेन रणनीति मार्फत बैंकले धेरै सूचकहरूमाउल्लेखनीय सुधार गरेको छ। साथै आगामीदिनहरूमावित्तीय क्षेत्रलाई द्रुत नवप्रवर्तन र थपआकार दिइनेछ । साथसाथै उद्देश्यलाई द्रुत रूपमावास्तविकतामा परिणत गर्न बैंकलाई परिवर्तनात्मक रूपमाव्यक्तिगतपहुचमाल्याईनेछ ।आदरणीय ग्राहकहरुलाई धेरै च्यानलहरु मार्फत कहिपनि र कुनै पनि समयमाव्यावसायिकवित्तीय सेवाहरु प्रदानगर्ने लक्ष्य बैंकले लिएको छ । तसर्थ, बैंकले आफ्नो प्रक्रिया र प्रणालीलाई डिजिटल रूपान्तरण गर्ने आधार तयार गरिसकेको छ र बैंकको डिजिटल रूपान्तरण रणनीतिलाई निर्दिष्ट समयसीमा सहित डिजिटल रूपान्तरणका लागि २२ सम्भावित क्षेत्रहरू स्पष्ट रूपमा राखिएको छ । यसको कार्यान्वयन र सफलताकालागिजनता, प्रक्रिया र प्रविधिमा रणनीतिक कामगरिनेछ । साथसाथै बैंक भित्र डिजिटल संस्कृतिअंगाल्नुको विकल्प छैन भन्नेमा मेरो दृढ विश्वास छ ।
गा्रहकको सुविधालाई सदैव केन्द्रविन्दुमा राखेर कामगर्ने क्रममा नेपालकाविभिन्न सेवाप्रदायकहरु सँग सहकार्य गर्दै आएको यस बैंकले हालसालै भारतको मेदान्त मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्डवाहकग्राहकमहानूभावहरुलाई अस्पतालको सेवाशुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।साथै बैंकले डिजिटल
बैकिंलाई उच्चप्राथमिकतामा राख्दैआफ्नाग्राहकमहानुभावहरुको सहजताकालागि कार्ड लेस क्यास विथड्रल (Cardless Cash Withdrawal) सेवाकोे सुरुवात गरेको छ र हालसालै बैंकले भौतिक रुपमा बैंकमाउपस्थितभई के.वाई.सी. (KYC) अध्यावद्यिकगर्ने बाध्यतालाई अन्त्यगर्दै ई.के.वाई.सी. (E-KYC) सेवा समेत संचालनमाल्याएको छ ।यसका साथै बैंकलेनागरिक एपमार्फत अनलाइनखाताखोल्न सक्ने सुबिधाल्याएको छ। साथसाथै यस बैंककाग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधानप्राप्तहोस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्र (Customer Support Centre) को समेत स्थापनागरिसकेको छ । आगामीदिनमा डिजिटल बैकिङ्गसेवाको विकासमा बैंक अझै आक्रामक रूपमा प्रस्तुतहुनेलक्ष्य बैंकले लिएको छ।
नारायण राजअधिकारी
प्रवक्ता
Download file for full story:
Download